शंकर पोखरेलले किन दिए एकाएक राजिनामा ?
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजनीति तरंगित बनेको छ । मुख्यमन्त्री पोखरेलले आफ्नो राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष पेश गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकार बनाउने मार्ग प्रसस्त गर्न राजीनामा दिएका हुन् । अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
प्रदेश सरकार गठन हुँदाको कानुनी परिस्थिति र अहिलेको कानुनी परिस्थिति फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले राजीनामा दिएको उनी निकट स्रोतले बतायो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरु हुदै थियो ।