कारमा मृत फेला परेका तीन बालकको सनाखत: सडेको अवस्थामा थिए शव - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

कारमा मृत फेला परेका तीन बालकको सनाखत: सडेको अवस्थामा थिए शव



बुटवल- दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ।

तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा सडेको अवस्थामा तीन बच्चाको शव भेटिएको थियो।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीले जानेको छ ।

उनीहरूको शव पोष्टमार्टमका लागि तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो। मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो।

गाडी केही दिनअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। थप अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर ल्याउने तयारी भइरहेको बताइएको छ ।