देउवाको आग्रहपछि अमेरिकाले बढायो नेपाललाई दिने सहयोग - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवाको आग्रहपछि अमेरिकाले बढायो नेपाललाई दिने सहयोग



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेको भोलीपल्ट नै संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सघाउने भएको छ ।

कोरोना महामारी नियन्त्रण बाहिर जाने चिन्ता गरिएकै बेला महामारी नियन्त्रणका लागि आफू नेपालको साथमा उभिएको बताएको छ । अमेरिकाले आफूले वितरण गर्ने भनेको कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

त्यस्तै कोरोनासँग लड्नका लागि अमेरिकी सरकारले नेपाललाई थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’ विज्ञप्तीमा उल्लेख छ ।

शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी नेपाललाई सहयोग गर्न दात्री राष्ट्रहरूलाई आग्रह गरेका थिए ।

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप पनि सहयोग गर्ने यसअघि नै जनाएको छ ।