झलनाथ खनाल गम्भीर बिरामी: मनमोहनबाट नर्भिकमा सारियो - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

झलनाथ खनाल गम्भीर बिरामी: मनमोहनबाट नर्भिकमा सारियो



काठमाडौँ- मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा पीसीआर परीक्षण गर्दा खनाललाई संक्रमण देखिएको हो । मनमोहनमा भर्ना भएका खनालको अवस्था गम्भीर भएपछि उनलाई एकाएक नर्भिक अस्पतालमा पुर्‍याइएको छ ।

मृर्गौलामा समस्या भएका कारण नेता खनाल मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । उनको यसअघि प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

यसैबीच एमालेका अर्का नेता मोदनाथ प्रश्रितलाई पनि संक्रमण भएको बताइएको छ ।