केन्द्रकै कारण प्रदेश र स्थानीय तहसम्म गडबढी भयो: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

केन्द्रकै कारण प्रदेश र स्थानीय तहसम्म गडबढी भयो: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल यसैबेलादेखि बरालिएको हाम्रो राजनीति अझै सुध्रिएनभन्दा पीडा भएको छ । स्थिरता र जनचाहनामा केही नेताको अतिृप्त आकांक्षा, कुण्ठा र इर्ष्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको छ ।”

ओलीले भने, “केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छ । प्रतिगमनको नाटकीय प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र जनमानसमा नेताहरु र पार्टीप्रति वितृष्णा बढाउँदैछ ।”

उनले असंवैधानिक गैरकानुनी र अमर्यादित बाटो कसैले अवलम्बन गर्न नहुने बताए ।