आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको निर्देशन - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको निर्देशन



काठमाडौं- भारतमा संक्रमण नियन्त्रणबाहिर गएपछि तत्काल भारत छाड्न अमेरिकाले आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ । जतिसक्दो चाँडो भारत छाड्न निर्देशन दिएको छ।

पछिल्लो समय भारत विश्वमै कोरोनाको हटस्पट बन्दै गएको छ। त्यहाँ दैनिक साढे तीन लाख भन्दा धेरैमा संक्रमण पुष्टि भइरहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिँदै गएपछि अमेरिकाले यस्तो आग्रह गरेको हो।

अमेरिकाले बुधबार चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको हो। चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ। ‘अमेरिकी नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आग्रह गरिन्छ,’ अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा भनिएको छ।

अमेरिकी विदेश मन्त्रालयले भारतका केही अस्पतालमा अमेरिकी नागरिकले समेत अस्पतालमा भर्ना नपाएको जनाएको छ। अमेरिकाले दुई साताअघि नै आफ्ना नागरिकलाई भारत नजान आग्रह गरेको थियो।