जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल



काठमाडौँ- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको विवाद छताछुल्ल बनेको छ । प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएको सूचना जारी गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै पनि कारबाही नगरिएको भन्दै सभामुखलाई पत्र पठाएका छन् । आजमात्रै जसपाका चार सांसद पदमुक्त भएपछि ठाकुरले विज्ञप्ति निकालेर खण्डन गरेका हुन् ।

‘लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व सपाका प्रदेश समितिको समायोजन हुन नसकि जसपा नेपालको प्रदेश सभामा दुबै संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निदैेशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ,’ ठाकुरले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ‘साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’

संसदीय दलको निवेदनको आधारमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको हो । प्रदेश संसदीय दलका नेता उपेन्द्र यादव पक्षका हुन् ।

प्रदेश सभा सचिवालयको पत्र

ठाकुरको पत्र