भर्खरै मन्त्री बनेका लुम्बिनीका ४ जसपा सांसद्को पद चैट - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

भर्खरै मन्त्री बनेका लुम्बिनीका ४ जसपा सांसद्को पद चैट



काठमाडौं- अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको सरकामा आफै सहभागी भएका लुम्बिनी प्रदेशसभाका चार सांसदको पद रिक्त भएको छ। शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जनता समाजावादी पार्टी (जसपा)का सांसद्हरुको पदमुक्त भएका हुन्।

बिहीबार प्रदेश सचिवालयले सूचना प्रकाशित गरेर उनीहरु पदमुक्त भएको जानकारी गराएको हो।

‘सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभा बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रदेश सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरु नै केही घण्टामै मन्त्री बन्न गएपछि जसपा, लुम्बिनीमा विवाद रहँदै आएको थियो। तर, जसपाले उनीहरुलाई पदमुक्त गरिदिएको हो।