अत्यावश्यक कामका लागि पास नचाहिने - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अत्यावश्यक कामका लागि पास नचाहिने



काठमाडौँ- निषेधाज्ञामा अत्यावश्यक कामका लागि अब पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई पास नचाहिने बताएको हो ।

प्रशासनले सुचना जारी गर्दै अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने जनाएको छ ।

कोरोनाको दोस्रो लहर बढेपछि सरकारले आजदेखि एक साताका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागु गरेको छ । प्रशासनको सूचना अनुसार मृत्यु संस्कार र अत्यन्त जरूरी कार्यबाहेक कार्यालयबाट पास उपलब्ध नहुने जनाएको छ ।

अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।