टेकु अस्पतालमा भारतीय नागरिकको शव अलपत्र - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

टेकु अस्पतालमा भारतीय नागरिकको शव अलपत्र



काठमाडौं- कोरोना उपचारको क्रममा ज्यान गुमाएका एक भारतीय नागरिकको शव अलपत्र परेको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उनको शव अलपत्र परेको हो ।

३८ वर्षीय भारतीय नागरिक सुनिल साहको १४ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनी बैशाख ७ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएका थिए । मृत्यु भएको दुई दिन बितिसक्दा पनि शव नउठेपछि अस्पतालले शव व्यवस्थापन गरिदिन हारगुहार गरेको हो ।

बिहिबार बिहानसम्म उक्त अस्पतालको आईसीयुमा २२ तथा आइसोलेशनमा ३८ जना गरी ६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १९ महिला तथा १४ जना पुरुष रहेको थाहा लागेको छ ।