वीर अस्पतालमा डा. भट्टराईको शल्यक्रिया हुँदै
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया नेपालमै हुने भएको छ । उनको शल्यक्रिया वीर अस्पतालमा हुने भएको हो । उनको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको हो ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको परिक्षण भएको थियो । परीक्षणपश्चात ट्युमरमा क्यान्सर नभएको तर छिट्टै अप्रेशन गर्नुपर्ने चिकित्सकले बताएका थिए ।
शल्यक्रियाका लागि भट्टराई आज अस्पताल भर्ना हुने भएका छन् । शल्यक्रिया भने भोलि हुनेछ ।चिकित्सकको सुझावअनुसार भट्टराईले अहिले नेपालमै शल्यक्रिया गर्न लागेका हुन् ।