सरकारले गर्यो जसपाको माग पुरा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सरकारले गर्यो जसपाको माग पुरा



काठमाडौं- जनता समाजवादी पार्टीको माग अनुसार सरकारले पार्टीका नेता तथा कार्यकर्ताहरुका मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका नेता तथा कार्यकर्ताहरुका १५ वटा मुद्दा फिर्ता लिएको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिएको जानकारी दिए ।

बैठकले कानूनी हिसाबले फिर्ता लिन मिल्ने नेपाल सरकारवादी भई चलाएको फैजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बमोजिम सरकारले १५ वटा मुद्दा फिर्ता लिएको उनले बताए ।

जसपाले आफ्ना माग पूरा भए मात्र सरकारमा सहभागी हुने बताएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पहल कदमी लिएका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहितका नेताहरुले मधेश आन्दोलनका क्रममा जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा गर्न माग गरेका थिए ।