मतदान हुनैलाग्दा सांसद दीपक मनाङे गायव - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मतदान हुनैलाग्दा सांसद दीपक मनाङे गायव



पोखरा- गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ गायव भएका छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका मनाङे संसदमा मतदानको दिन नै संसदमा छैनन् ।

मोबाइल स्विच अफ गरेर उनी अहिले सम्पर्कबाहिर छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनीसंग सम्पर्क भएको छैन ।

मुख्यमन्त्रीविरुद्ध आजै मतदान हुने कार्यसूची छ । पहिले फोन गर्दा नउठाएको र पछि अफ गरेर बसेको बताइएको छ । पछिल्लो समय जनमोर्चाले जता भोट हाल्छ उतै आफू उभिने अभिव्यक्ति दिएका थिए ।