खनाल-नेपाल समुहको आकस्मिक बैठक: के छ तयारी ?
काठमाडौँ । नेकपा (एमाले) को खनाल-नेपाल समूहको आकस्मिक बैठक बसिरहेको छ । बुधबार दिउसोदेखी कालिमाटी क्षेत्रमा खनाल-नेपाल समुहको आकस्मिक बैठक बसेको बताइएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल-नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो । बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
केन्द्र बाहेक खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । अध्यक्ष ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो समूहले समानान्तर संगठन बनाइरहेको छ ।
अध्यक्ष ओलीले भने समानान्तर संगठन बनाएको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निष्कासन गरिएको पत्र थमाएको छ ।
ओलीले फेरि २७ सांसदलाई सांसद पदबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण सोध्ने निर्णय खारेजीको माग गर्दै नेपाल समूहले सर्वोच्चमा रिट समेत दायर गरेको थियो ।