मुख्यमन्त्री गुरुङविरुद्ध मतदान हुँदै - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मुख्यमन्त्री गुरुङविरुद्ध मतदान हुँदै



काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव आज निर्णयार्थ प्रस्तुत गरिने भएको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन लागेको हो ।

संसद सचिवालयले अविश्वास प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको सूचना टाँस गरिसकेको छ । अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघी प्रस्तावमाथि छलफल जारी राखिनेछ ।

यसअघी प्रस्तावमाथि छलफल जारी रहँदा कोरोनाको पिसीआर परीक्षण नगरी संसद बैठक चल्न नदिने भन्दै मंगलबारको बैठक अबरुद्ध गरेका थिए । हिजो बोल्न बाँकी सांसदहरुले आज बोल्ने संसद सचिवालयले जनाएको छ । प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नहरुको आजै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जवाफ दिने कार्यसूचीसमेत रहेको छ ।

अविश्वास प्रस्ताव असफल भएमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जारी रहनेछ । तर प्रस्ताव पारित भएमा भने मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार गिर्नेछ । त्यस्तो भएमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रदेश प्रमुखले सपथ खुवाएपछि उनले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।