खड्काको सांसद पद चैट
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको भन्दै माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले उनलाई कारबाही गरेको पत्र पठाएका थिए ।
सोही पत्रको आधारमा राष्ट्रिय सभा सचिवालयले खड्का पदमुक्त भएको जनाएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । आगामी जेठ ६ गते राष्ट्रिय सभा उपनिर्वाचन तोकिएको छ ।