बागमतीमा मन्त्रीमंडल विस्तार: चार मन्त्री थपिए - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बागमतीमा मन्त्रीमंडल विस्तार: चार मन्त्री थपिए



काठमाडौँ- बागमती प्रदेशको मन्त्रिपरिषद्‌ विस्तार भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सिन्धुपाल्च‍ोकका सांसद सुरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक तथा नुवाकोटका सांसद केशव पाण्डे र दोलखाकी सांसद सरस्वती बस्‍नेत मन्त्रिपरिषद्‌मा समेटिएका छन् ।

मामिला तथा कानून, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र समाजिक विकास मन्त्रालय रिक्त रहेको थियो । जस अन्तर्गत सामाजिक विकास मन्त्रालयको जिम्‍मेवारी बस्‍नेतलाई दिइएको छ । नेपाल र पाण्डेलाई कुन मन्त्रालय दिइने भन्‍नेबारे आज चार बजे सपथ ग्रहण गर्नुअघि जानकारी दिइने बताइएको छ ।

धादिङका सांसद डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको नेता नेपालले जानकारी दिए ।

यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएका थिए । यी तिनै मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहतमा राखेका थिए ।