प्रचण्डपत्नी सीता दाहाल थप अस्वस्थ: अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

प्रचण्डपत्नी सीता दाहाल थप अस्वस्थ: अस्पताल भर्ना गरियो



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

रगतमा सोडियको मात्रा कम देखिएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

सोडियको मात्रा कम देखिएपछि स्वास्थ्य अवस्था थप जटिल हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको बताइएको छ ।केही दिनदेखि रगतमा सोडियमको मात्रा घटेको कारण अस्पताल भर्ना गर्नुपरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सीता दाहालको अवस्था थप जटिल देखिएको थियो ।सोडियमको कमीले सरिर झनै सिथिल हुने गर्दछ ।