कोरोनाकै कारण भारतीय प्रधानमन्त्री मोदीकी काकीको मृत्यु - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

कोरोनाकै कारण भारतीय प्रधानमन्त्री मोदीकी काकीको मृत्यु



एजेन्सी- कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ। मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा मृत्यु भएको हो ।

मोदीकी काकीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन्। निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्।

प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो। तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो।

उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए। उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ।