अमेरिकी दूतावासले दियो कर्मचारीलाई यस्तो निर्देशन - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

अमेरिकी दूतावासले दियो कर्मचारीलाई यस्तो निर्देशन



काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले बैशाख १६ देखि लकडाउन घोषणापछि दूतावासले यस्तो निर्देशन दिएको हो ।

दूतावासले आफ्ना कर्मचारीहरुलाई निवासमै आश्रय लिन र अनावश्यक यात्रा नगर्नसमेत निर्देशन दिएको छ ।

दूतावासले नेपालमा घर बाहिर यात्रा गर्ने अमेरिकीहरुलाई आफ्नो घरमा वा निवासमा फर्कनका लागि रोकावट हुनसक्नेतर्फ पनि सचेत गराएको छ । साथै उच्च सतर्कता अपनाउन पनि भनेको छ ।

दूतावासले उडान रद्द भएको वा प्रतिबन्धहरु लागे नलागेको जाँच गर्न, नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट जाँच गर्न, नेपालको अध्यागमनबारे अपडेटका लागि नेपाल सरकारको अध्यागमन विभागको वेवसाइट जाँच गर्नलगायत उपाय अपनाउन पनि दूतावासले आग्रह गरेको छ ।