जसपाका शीर्ष नेताहरूको बैठक जारी: के छन् एजेण्डा ?
काठमाडौं- जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा जसपाका शीर्ष ६ नेताहरू बसिरहेको जनाइएको छ । बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
जसपाभित्र ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन्। भट्टराई र यादव भने ओलीलाई सरकारबाट हटाउनुपर्ने पक्षमा देखिन्छन्।
दलभित्र एकमत बनाउन र आगामी सरकारको नेतृत्व लिनेबारे बैठकमा छलफल भैरहेको बताइएको छ ।