तनावै तनावमा माधव नेपाल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

तनावै तनावमा माधव नेपाल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता एमालेका माधवकुमार नेपाल समूह झनै संकटमा देखिएको छ । एकातिर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा पेल्ने अर्कातिर सर्वोच्च अदालतले समेत उनीहरूको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्नुले नेपाल समूह थप समस्यामा परेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई नै बल पुग्नेगरी सर्वोच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेसँगै उनी पार्टीभित्र झन शक्तिशाली बनाइदिएको छ ।

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही बदर तथा रोक्का गरीपाउँ भनिएको थियो ।

ओली नेतृत्वको सरकार टिकाउन जनता समाजवादी पार्टीले काँध थाप्नु र ओलीले पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्नुले नेपाल समुहलाई तह लगाउन ओली सफल भएको देखिन्छ ।

नेपाल समूहले समानन्तर कमिटी गठन गरी ओली समूहलाई चुनौती दिने र अन्तरसंघर्ष गर्ने नीति लिएपछि उनीहरूप्रति आक्रामक बनेका ओली नेपाल समुहलाई हदैसम्मको कारबाही गर्ने तरखरमा छन् ।