बास्कोटा भन्छन्- माधव नेपाललाई कठिन भो, तन एमालेतिर मन प्रचण्डतिर - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

बास्कोटा भन्छन्- माधव नेपाललाई कठिन भो, तन एमालेतिर मन प्रचण्डतिर



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई एमालेकै ओली पक्षका नेता गोकुल बास्कोटाले व्यंग्य गरेका छन् । बास्कोटाले नेता नेतापल्प राजनीति कुन्ती मोक्तानको गीत जस्तै धरान धनकुटा भएको टिप्पणी गरेका छन् ।

नेता नेपालले आधा शताब्दीदेखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भनेपनि अदालतमा धाएको देख्दा कानुनका नौ सिङ जस्तै लागेको उनले टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष र महासचिवविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा अदालतले अन्तरिम आदेश दिन नमानेकै भोलीपल्ट बास्कोटाले यस्तो व्यंग्य गरेका हुन् ।

बास्कोटाले वर्तमान परिप्रेक्ष्यमा नेता नेपाल तन एमालेतिर मन प्रचण्डतिर भएको आरोप समेत लगाएका छन् । राजनीतिमा माधव कोनेपालाल भन्दा रामबहादुर थापाको बाटो नै सहि भएको उनले लेखेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन, तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो। कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति। कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’