पहाडी भूभागमा हावाहुरीसहित वर्षा हुने - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

पहाडी भूभागमा हावाहुरीसहित वर्षा हुने



काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा हावाहुरी र वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ, जसकारण एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

प्रदेश १ र प्रदेश २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रहने आँकलन गरिएको छ। महाशाखाका अनुसार बुधबार देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि क्षणिक वर्षाको सम्भावना छ।

बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।