सरकार ढल्ने पक्का भएपछि राजिनामा दिने तयारीमा मुख्यमन्त्री गुरुङ
काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा उनको नेतृत्वको सरकार संकटमा परेको छ । एमालेको आन्तरिक विवादकाबीच पहिलो प्रदेश सरकार परिवर्तन हुने देखिएको हो ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार लगभग ढल्ने आंकलन गर्दै एमालेले अन्तिम प्रयास गरिरहेको छ । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुनेछ ।
बहस समाप्त भएपछि बुधबार मतदान हुनेछ । आफ्नो पक्षमा माहोल नभएको मुख्यमन्त्रीले मेसो पाइसकेको र त्यसअघिनै राजिनामा दिनसक्ने समेत स्रोतले बताएको छ । सदनभित्रको समिकरण सरकारविरुद्ध रहेको मुख्यमन्त्रीले निकटहरूलाई सर्कुलर गरिसकेका छन्।
गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रभावशाली नेताका रूपमा मानिन्छन । गुरुङ पराजित भएमा एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार बन्नेछ। भने ओलीलाई समेत ठुलो धक्का लाग्ने आंकलन गरिएको छ ।
सदनमा माधव नेपाल समर्थक एक सदस्यसहित एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली कांग्रेसका १५, स्वतन्त्र १ र चित्रबहादुर केसी समर्थक तीन सदस्य छन्। स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन्।