बुधबारदेखि निषेधाज्ञा
काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बुधबारबाट निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छ । यस्ता उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि छलफलमा जुटेका छन् । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका सिडियो बैठक बस्दैछन ।
सिसिएमसीको सिफारिसमा सरकारले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको हो । यसका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी)लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ ।
आइतबारसम्म उपत्यकाका तीनै जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय सक्रिय संक्रमित नाघिसकेका छन् । सीसीएमसीको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्मा राखिने र त्यहीबाट अन्तिम निर्णय हुने मन्त्रीले जानकारी दिएका छन् ।