पाँचसय भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा
काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको छ ।
बैठकमा उपस्थित एक मन्त्रीका अनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ ।
बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी) लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ । आज बसेको सीसीएमसीको बैठकले यस्तो तयारी गरेको उनले जानकारी दिए ।