उपत्यकाका सबै जिल्ला प्रशासन कार्यालय एक साता ठप्प - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

उपत्यकाका सबै जिल्ला प्रशासन कार्यालय एक साता ठप्प



काठमाडौं- काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय एक साताका लागि ठप्प हुने भएको छ । कोरोना संक्रमणको अवस्था भयावह हुने देखिएपछि अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द भएका छन् ।

कोभिड संक्रमणभयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।