‘लकडाउन हुन्छ, तर देशव्यापी हुँदैन’
काठमाडौं- सरकारले कोरोना हटस्पटमा लकडाउन गरेपनि देशव्यापी लकडाउन भने नगर्ने भएको छ । अहिले देशभर लकडाउनको कुनै सम्भावना नभएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
उनले भने, “अहिले लकडाउनको कुनै तयारी छैन, स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा गर्न सक्छन् । तर सरकारले देशभर लकडाउन गर्ने कुनै तयारी छैन ।”
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।