नेपाल पक्षले फ्लोर क्रस गर्ने भन्दै कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

नेपाल पक्षले फ्लोर क्रस गर्ने भन्दै कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई



काठमाडौं- नेकपा एमाले ओली पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने आंकलन गरेको छ । यसबारे सुक्ष्म अध्ययन भइरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन आयोजक कमिटी बैठकले कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको बताए ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे संचारकर्मी सँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए ।

आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको उनले बताए ।

ज्ञवालीले पत्रकारहरूसँग भने, ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं, यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाइँमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।’