बालुवाटारमा कालो मास्क लगाउन निषेध
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा कालो मास्क निषेध गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा डाकेको बैठकमा कालो मास्क लगाएर पुगेकाहरूलाई प्रवेश गर्न दिइएको छैन ।
बैठकमा सहभागीहरू तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन उर्दी जारी गरिएको छ । कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन ।
यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ । यसअघि पनि एमाले ओली पक्षका धेरै बैठकमा कालो मास्क लगाएर पुगेकाहरूलाई प्रवेश निषेध गरिएको थियो ।