भायानेटसंग अब सिधै च्याटमा कुराकानी
काठमाडौं- इन्टरनेट प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि भाइबर च्याटबोट ल्याएको छ ।
ग्राहकले अब भाइबरबाट भायानेट च्याटबोटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।
ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत रहेर ग्राहकले कुनै पनि सेवाको बिलसम्बन्धी जिज्ञासा र इन्टरनेटसम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबोट मार्फत तुरुन्तै पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।