बालुवाटारमा स्थायी कमिटी बैठक जारी: लगत्तै अर्को बैठक बस्दै - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

बालुवाटारमा स्थायी कमिटी बैठक जारी: लगत्तै अर्को बैठक बस्दै



काठमाडौँ – महाधिवेशन आयोजक कमिटिको बैठक अघि नेकपा एमाले (ओली पक्ष)को स्थायी कमिटिको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ।

आइतबार बिहान १० बजेका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको थियो। महाधिवेशन आयोजक कमिटीमा लैजाने केही महत्त्वपूर्ण एजेण्डालाई स्थायी कमिटीमा पारित गरेर लैजान खोजिएको बताइएको छ ।

यसअघि महाधिवेशन आयोजक कमिटि बैठक बिहान १० बजे बोलाइएको थियो। तर महाधिवेशन कमिटिको बैठकअघि आकश्मिक रुपमा स्थायी कमिटि बैठक बसिरहेको हो।

स्थायी कमिटि बैठक सकिएपछि मात्रै महाधिवेशन आयोजक कमिटिको बैठक सुरु हुने एक नेताले जानकारी दिए। आकश्मिक रुपमा बसेका दुवै बैठकले माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ।