ओली र पोखरेलविरुद्धको रिटको सुनुवाई ढुंगानाको इजलासमा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओली र पोखरेलविरुद्धको रिटको सुनुवाई ढुंगानाको इजलासमा



काठमाडौं- प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर नेकपा एमालेका नेता माधवकुमार नेपाल नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा परेको छ ।

नेकपा एमालेबाट निलम्वनमा परेका माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै नेकपा एमालेको नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका हुन् ।

उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।