माधव समूहका सांसदलाई कारबाही गर्ने ओलीको तयारी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

माधव समूहका सांसदलाई कारबाही गर्ने ओलीको तयारी



काठमाडौं- आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारीबारे सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका छन् । कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको सुचना बालुवाटार पुगेको एक नेताले बताए ।

उक्त सुचनालगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक बैठक डाकेका हुन् । उनले माधव नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी समेत गरेका छन् । ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल पक्षका सांसदलाई पदबाटै हटाउने तयारी गरेका छन् ।

अविश्वासको प्रस्ताव आए नेपाल समूहले फ्लोर क्रस गर्न सक्ने डर ओलीलाई छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेर नेपाल समूहले फ्लोर क्रस गरेको थियो ।

कर्णालीको परिस्थितिबाट राम्रैसँग परिचित भएका ओलीले आफूविरुद्धको अविश्वास प्रस्तावमा पनि त्यस्तो नहोस् भन्ने उद्देश्यका साथ नेपाल पक्षमा सांसदलाई कारबाहीको तयारी गरेका हुन् ।