काँग्रेसले पनि बोलायो बैठक - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

काँग्रेसले पनि बोलायो बैठक



काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि बैठक डाकेको छ । दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो ।

आजको बैठकको मुख्य कार्यसूची १४ औँ महाधिवेशनको तयारी, राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार चयन तथा केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने रहेका छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते उप निर्वाचनको मिति तय भएको छ । रामबहादुर थापा बादल पदमुक्त भएपछि राष्ट्रियसभा सदस्य पद खाली भएको थियो ।

काँग्रेसले पनि उक्त निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । पार्टीको कार्यसमितिको बैठक सोमबार बोलाइएको छ ।