विप्लव नेकपाका नौं जना नेताहरूले पार्टी छाडे
काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाबाट नेताहरू अलग भएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरू अलग भएका हुन् ।
संगठनमा वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरूले विप्लवबाट अलग भएको जानकारी दिएका छन् । विज्ञप्तिमा पोखरामा सम्पन्न महासंघको छैटौँ राष्ट्रिय सम्मेलन पश्चात् पार्टीमा वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा विचलन आएको जनाइएको छ
पेसागत हक हितका लागि जस्तोसुकै चुनौतीको सामना गर्दै अगाडि बढ्न दृढ संकल्पित रहेको भन्दै भीम प्रसाद अधिकारीको नेतृत्वमा उक्त पार्टी र सङ्गठनबाट अलग भएको विज्ञप्तिमार्फत जनाएको छ ।