नेपालगञ्जमा सबैजसो डाक्टर र नर्स संक्रमित, अस्पताल बन्द
काठमाडौं- कोरोना भाइरस संक्रमणको हटस्पट बनेको बाँके जिल्लाको अवस्था भयावह बनेको छ । बाँके जिल्ला र नेपालञ्ज वरिपरिको क्षेत्रमा संक्रमण नियन्त्रण बाहिर गएको छ ।
स्थानीय खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पीसीआर परिक्षण गर्दा ९० प्रतिशत कर्मचारी, डाक्टर र नर्सहरूको रिपोर्ट पोजिटिभ देखिएको छ ।
अस्पतालले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा बिरामीको सेवामा खटिएका कर्मचारीहरू नै कोभिड १९ बाट प्रभावित भएको अवस्थामा अस्पतालले बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै २०७८ बैशाख १२ देखि ऐ १८ गतेसम्म इमरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।’