विद्यार्थीको मृत्युु भएपछि प्यारामाउण्ट बोर्डिङमा तोडफोड - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

विद्यार्थीको मृत्युु भएपछि प्यारामाउण्ट बोर्डिङमा तोडफोड



बुटवल- रूपन्देहीको प्यारामाउण्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको अचानक मृत्यु भएभएपछि विद्यालयमा तनावको वातावरण बनेको छ । अहिले आफन्तहरूले विद्यालयमा तोडफोड गरेका छन् ।

तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको उक्त बोर्डिङ स्कुलको होस्टेलमाबस्ने विद्यार्थीको मृत्यु भएको हो ।

कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको थियो । बिरामी भएपछि बिहान फोन गररे विद्यालयले अभिभावकलाई जिम्मा लगाएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

छात्राको मृत्युपछि विद्यालयमा तनाव उत्पन्न भएको छ । विद्यालयमा पूर्वविद्यार्थी र आफन्तले विद्यालय बन्द गर्न माग गर्दै घेराउ र नाराबाजी गरेका छन् । बालिकामा ज्वरा आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या रहेको थियो ।

बालिका बिरामी भएपछि विद्यालयले शनिबार अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो । विद्यालयबाट ल्याइएकी उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।