ओलीको प्रस्ताव अस्वीकार गर्दै बिचैमा हिँडे वामदेव - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

ओलीको प्रस्ताव अस्वीकार गर्दै बिचैमा हिँडे वामदेव



काठमाडौँ- बिहिबार मेरियट होटलमा नेता माधव कुमार नेपालसंग झनै कुरा बिग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई डिनरका लागि बोलाए । बिहिबार साँझ ओली र गौतमबीच लामै समय मिठा कुरा भएपनि बिषयको अन्त्य भने त्यति सुखद भएन ।

अत्यन्त संकटमा परेका बेला नेता फकाउने र आफ्नो पल्ला भारी बनाउने ओलीको पुरानै शैली यसपटक पनि देखियो । बिहिबार साँझ पनि आफूलाई साथ दिन आग्रह गरे प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीबाट पटक पटक धोका खाएका उपाध्यक्ष गौतमले भने उनको अस्वीकार सिधै गरेका छन्। ओलीले आफूसंग साथ् र सहयोग मागेको नेता गौतमले बताएका छन् ।

यसअघि पनि एमाले एकता कायम राख्न ओलीले केहि निर्णयबाट पछि हट्नुपर्ने बताएका उनले फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिन आग्रह गरे । गौतमले फागुन २८ को निर्णय फिर्तापछि मात्रै साथ दिन सकिने ओलीलाई जवाफ फर्काएका थिए ।

ती निर्णयहरु फिर्ता नहुने जवाफ ओलीले दिएपछि आफूले पनि ओलीलाई साथ दिन नसक्ने जवाफ फर्काएको भन्दै गौतमले प्रेस नोटमा बताएका छन् ।

उनले भनेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए।’