गौतमले डिनर गर्दै बालुवाटारमा के भने ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गौतमले डिनर गर्दै बालुवाटारमा के भने ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमबीच बालुवाटारमा डिनर मिटिङ भएको छ । एमालेका नेता माधव नेपाल र झलनाथ खनाल पक्षसँग कुरा मिल्न नसकेपछि ओलीले वामदेव गौतम फकाउने प्रयास गरेका छन् ।

माधव नेपाल र झलनाथ खनालले गौतमको छोराको नागपोखरी स्थित कार्यालयमै पुगेर बुधबार आफुहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यसको भोलिपल्टै गौतमलाई ओलीले बालुवाटार बोलाएर डिनर मिटिङ गरेका हुन् ।

पार्टी महाधिवशेन आयोजक समितिको भोलि शुक्रवार वैठक बोलाइएको छ । नेपालले उक्त बैठक रोक्न र २०७५ जेठ २ को केन्द्रीय समितिको बैठक बोलाउन ओलीसँग माग गरिरहेका बेला ओलीले गौतमसँग अर्थपूर्ण डिनर मिटिङ गरेका हुन् ।

यो डिनर मिटिङमा ओलीले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई पनि साथमै राखेका छन् । त्यस्तै कानुनमन्त्री लिलानाथ श्रेष्ठ पनि सहभागी थिए । दुइ नेताको बीचमा डिनर मिटिङ भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरेर जानकारी दिएका छन् ।

केही बेर भट्टराई र श्रेष्ठ रहेपनि त्यसपछि भने गौतम र ओलीका वीचमा एक्लाएक्लै भेटवार्ता भएको वालुवाटार स्रोतले बताएको छ । त्यसपछि दुवै नेताले सँगै खाना पनि खाएका थिए । ओली केही दिन यता पार्टी भित्रका असन्तुष्ट नेताहरुसँग निरन्तर सम्वादमा वसिरहेका छन् ।

बुधबार र बिहिबार उनले नेता माधव नेपालसँग मोरियट होटलमा वार्ता गरेका थिए । गौतम पनि ओलीले प्रतिनिधीसभा विघटन गरेपछि रुष्ट वनेका थिए । यद्यपी उनी नेपाल खनाल पक्षमा पनि खुलेका थिएनन ।

प्रमुख सचेतक भटटराईले वामदेव गौतमसँग सहमति लिएरै तस्विर सार्वजनिक गरेको पनि सामाजिक सन्जालमा लेखेका छन् ।

कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें -तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”

विशालले सामाजिक सन्जालमा लेखेका छन्,- सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसँगको सम्बादपछि उहाँले (बामदेव) भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।” अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !