आन्तरिक छलफलमा जुट्यो माधव नेपाल समूह - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

आन्तरिक छलफलमा जुट्यो माधव नेपाल समूह



काठमाडौं- एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको स्पष्टिकरण बुझाउने तयारी गरेका छन् । बिहीबार दिउँसो १२ बजेभित्र ओलीद्वारा मानिएको स्पष्टिकरणको जवाफ पठाउने तयारी नेपाल समुहले गरेको छ ।

ओलीलाई स्पष्टिकरण दुनिअघि आन्तरिक छलफल बोलाइएको बताइएको छ । नेता झलनाथ खनालका अनुसार आन्तरिक छलफलका लागि नेताहरूलाई बोलाइसकिएको छ ।

नेपाल पक्षका संघ र प्रदेशका ३२ जना सांसदले स्पष्टिकरण दिनुपर्ने छ। यस्तै नेपाल पक्ष ओलीबाट हुन सक्ने सम्भावित कारवाही रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याउन पुग्दै छ ।

नेपाल पक्षले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गर्ने तयारी गरेको छ । बुधबार नै तयार गरेको रिट सर्वोच्चले समय अभाव भएको भन्दै दर्ता गरेको थिएन । बिहीबार सो रिट दर्ता हुने नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।