ओली-नेपालबीचको वार्ता सकारात्मक
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको बताइएको छ ।
बुधबार साँझ एकाएक भएको बैठकबाट दुवै जना नेताहरू खुसीसाथ निस्किएको बताइएको छ । बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको थियायो ।
दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको एक नेताले बताएका थिए । साथै वार्ता सकारात्मक रहेको पनि उनले बताए। सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।