यसरी बन्यो ओली-नेपाल वार्ताको माहोल
काठमाडौं- लामो समयदेखि एक अर्काप्रति कटु ब्यबहार गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।
स्रोतका अनुसार उनीहरूबीच होटल मेरियटमा भेटवार्ता भैरहेको बताइएको छ । होटल मेरियट काठमाडौंको नागपोखरीमा छ ।
वार्तामा दोस्रो तहका नेताहरू पनि सहभागी भएको बताइएको छ । पछिल्लो समय नेपाल समूहमाथि आक्रामक रूपमा देखिएका प्रधानमन्त्री ओलीले हिजोमात्र नेपाल समुहका जना नेताहरूलाई कारबाहीको चेतावनी दिँदै स्पष्टिकरण सोधेका थिए ।
कसरी बन्यो वार्ताको माहोल ?
स्पष्टीकरण काट्नुपूर्व प्रधानमन्त्री ओलीले खनाल–नेपाल पक्षमा खुलेका केही सांसदसँग संवाद गरेका थिए । त्यसमध्ये केही सांसद मूलधारमै बस्न राजी भइसकेका छन् ।
एमालेकै एक नेताले स्पष्टीकरण सोधिएका केही सांसदलाई मंगलबार नै फोन गरेर प्रधानमन्त्रीले भेट्न खोजेको बताएका छन् । आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।
भेटवार्ता अगाडी नेपाल आफु पक्षिय स्थायी समिति सदस्यहरुसँग रणनीति वनाएर ओली भेटन पुगेका हुन् । नेपाल पक्षले पार्टी स्थापना दिवसको अवसर पारेर भोलि पार्टी एकताको अपिल गदै वक्तब्य दिने तयारी गरेको छ ।