प्रचण्डले पाए समर्थन फिर्ता लिने अधिकार - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्डले पाए समर्थन फिर्ता लिने अधिकार



काठमाडौँ- नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

आज बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको अधिकार अध्यक्ष दाहाललाई दिइएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए ।

‘नीतिगत रुपमा सरकारलाई हाम्रो समर्थन छैन,’ उनले भने, ‘अब अरु कुराको विषयमा अध्यक्षले निर्णय गर्नुहुनेछ ।’