आफन्त छोड्न र लिन विमानस्थल जान नपाइने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

आफन्त छोड्न र लिन विमानस्थल जान नपाइने



काठमाडौं- आफन्तलाई छोड्न र लिनको लागि त्रिभुवन विमानस्थल जान नपाइने बहेको छ । सरकारले नेपालको अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलमा स्वागत र बिदाइका लागि जान रोक लगाएपछि जान नपाइने भएको हो ।

नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरिन्टका संक्रमित बढेकाले विमानस्थल हाताभित्र स्वागत तथा बिदाइ कार्यक्रमलाई रोक लगाइएको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अत्यावश्यक अवस्थाबाहेक विमानस्थलमा प्रवेश नगर्न पनि सबैमा अपिल गरेको छ ।

त्यस्तै, विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, शरीरको तापक्रम मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

लाइनमा लाग्दा भीडभाड नगरी तोकिएको सांकेतिक पाइला पछ्याउन र अन्य स्थानमा बस्दासमेत भौतिक दूरी कायम गर्न उड्डयन कार्यालयले अनुरोध गरेको छ ।

त्रिभवन विमानस्थलबाट स्वदेश तथा विदेशमा यात्रा गर्ने यात्रु, विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारी लगायतलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।