ओली कसको इसारामा चल्दैछन् ? किन लाग्दैछ गम्भीर आरोप ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओली कसको इसारामा चल्दैछन् ? किन लाग्दैछ गम्भीर आरोप ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय विदेशीको इशारामा चलेको भन्ने आरोप ब्यापक रूपमा लाग्ने गरेको छ । उनकै पार्टीभित्र एउटा समुहले ओली विदेशीको इसारामा चलेको र उनलाई विदेशीले नै हुर्काएको आरोप लगाएका बेला पार्टी बाहिर पनि यसको चर्को बहस हुँने गरेको छ ।

केहिदिन अगाडी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अश्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई धेरै पहिलादेखि नै विदेशी शक्तिहरूले हुर्काउँदै आएकाले विदेशीकै इसारामा संविधान र ब्यबस्था मास्न लागेको आरोप लगाएका थिए ।

अर्कातिर उनकै पार्टीमा पनि अहिले यो बिषय चर्को रूपमा उठ्ने गरेको छ । माधव नेपाल समुहले महाकाली सन्धीदेखि नै उनी विदेशीको इशारामा नाचेको आरोप लगाउने गरेका छन् । यस्तैमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समेत प्रधानमन्त्री ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्। ​

साथै उनले ओलीलाई ‘धुन्धुकारी’, ‘झुटको पुलिन्दा’ र ‘अराजकताको पर्याय’ को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए।

प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र उन्मुलन गरेर गणतन्त्र स्थापना गर्ने बेला पनि ओली गणतन्त्रविरोधी भएका गम्भीर आरोप लगाए। भने, ‘ओलीले संघीयता र गणतन्त्र बाध्य भएर मात्रै मानेको हो। तर उनमा त्यसप्रति कुनै माया छैन। किनभने नेपाली जनताको चाहना सिध्याएर विदेशीको इसारामा काम गरिरहेका छन्।’

कार्यक्रममा अधिकांश समय ओलीविरुद्ध खनिएका नेता नेपालले कम्युनिस्टमा व्यक्तिभन्दा नीतिप्रधान हुने हुँदा आफुहरुले व्यक्तिगत रूपमा ओलीको नभई ओलीप्रविधीको विरोध गरेको बताए। भने, ‘ओलीको दर्शन, सिद्धान्त लुट, भ्रष्टाचारीको संरक्षण गर्नु हो।’

नेपालले थपे, ‘ओली बालुवा हो, बालुवालाई पेलेर तेल निस्किँदैन, उनले भने, ‘हामी हिटलर बन्न खोज्ने र कम्युनिस्ट आन्दोलन सिध्याउन खोज्नेहरुको बाटोमा होइन, काल मार्क्स र लेनिनको बाटोमा जान चाहेको हो।’

त्यस्तै, नेता नेपालले ओलीकै कारण पार्टी र कम्युनिस्ट संकटमा परेको दाबी गरे। ‘हामी पार्टी संगठन बनाउन लाग्यौं, तर ओली मदन भण्डारी फाउन्डेसनको नाममा भजनमण्डली बनाउँदै हिँडें,’ उनले भने, ‘प्रधानमन्त्री ओलीलाई काँधमा बोकेर हिँडेको फोहोर मात्रै बनाएँ। अहिले ओली श्रीपेच लगाएर बसेका छन्, हेर्दै जानुस् त्यो खुस्किन धेरै दिन लाग्दैन।’

राजनीति गजेडीको गफ र फोहोरी खेल नभई आदर्श र मूल्य मान्यतासँगै राज्य सन्चालनको मुल नीति भएको उनको तर्क थियो।

५५ वर्षको राजनीतिक जीवनमा धेरै चुनौतीको सामाना गर्दै विभिन्न आन्दोलनको अग्रपंक्तिमा आफू रहँदै आएको दाबी गरे। आफू अधिकार, लोकतन्त्र र आत्मासम्मानसँगै इमानदार, सत्य निष्ठ, जनतामा सेवाको भावना हुर्काउन र जनतामाथि भएको शोषण, अत्याचार र बेरोजगारीलगायत अन्त्यका लागि राजनीतिमा लागेको बताए।

त्यस्तै पार्टी जिल्ला अध्यक्ष टोकबहादुर वाइबाको अध्यक्षतामा २०१ सदस्यीय पूर्ण जिल्ला कमिटी पुनर्गठन गरेको छ।