हावाहुरीले पक्की पुल नै उडायो - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

हावाहुरीले पक्की पुल नै उडायो



धादिङ- शनिबारको भीषण हावाहुरीले पक्कि पुल नै उडाएको छ । त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल हावाहुरीले उडाएको हो ।

गल्छी गाउँपालिका–२ केउरिनीटारबाट ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको बताइएको छ ।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको बताइएको छ ।

हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको बताइएको छ । पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो ।