यस्ता एजेण्डामा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम र १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा १४ औं महाधिवेशनकै बढी छलफल हुने बताइएको छ ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रम, १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित हुने नेताहरुले बताएका छन्।
यसैगरी बैठकमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सरकार ढाल्ने विषयमा पनि छलफल हुनेछ। यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो।