लुम्बिनीमा ५ घन्टाभित्र ४ संक्रमितको ज्यान गयो - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

लुम्बिनीमा ५ घन्टाभित्र ४ संक्रमितको ज्यान गयो



बुटवल- लुम्बिनी प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो ।

भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको साँझ ६ बजे कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ : ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका–१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ ।

हालसम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।